सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार र तेजावी सुन प्रतितोला १ लाख २० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Advertisement