२५ औं पोखरा सडक महोत्सवमा पाँच लाख भन्दा बडी पर्यटकले गरे अवलोकन

Advertisement

काठमाडौं । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजित २५औं पोखरा सडक महोत्सवमा पाँच लाख भन्दा बढी पर्यटकले अवलोकन गरेको आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले जनाएको छ । 

पाँच दिनसम्म लेकसाइडमा चलेको महोत्सवमा आन्तरिक तथा विदेशी पर्यटकको उत्साहजनक उपस्थिति रहेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । उनले भने, ‘हामीले उद्देश्य राखेको संख्यामा पर्यटकको आगमन भएकोले अर्को वर्ष आयोजना हुने पोखरा सडक महोत्सवको लागि अझ हौसला मिलेको छ ।’

Advertisement

उनले अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन (इभ)मा मात्रै करिब तीन लाख पर्यटक सहभागी भएको भन्दै भट्टराईले महोत्सवको बेला तीन दिन लेकसाइडका सबै होटल भरिभराउ रहेको बताए । 

लेकसाइडको करिव तीन किलोमिटर क्षेत्रमा आयोेजित महोत्सवको नारा ‘सडक मै खाउँ, सडकमै रमाउँ’ रहेको थियो । पहिलो दिन झाँकी प्रदर्शन गरि सुरु गरिएको थियो । महोत्सवको मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीको साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिवल प्रतियोगिता रहेको थियो । 

फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्म भएको महोत्सव पर्यटनमैत्री वातावरणमा सभ्य र भव्य रुपमा सम्पन्न भएको उनको भनाइ छ । 
 

Advertisement