‘फ्युचर बोनस प्रोभिजनिङ’मा प्राधिकरण कठोर, अब बीमाशुल्क खर्च नगरी जगेडा कोषमा राख्नुपर्ने

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई ‘फ्युचर बोनससँग सम्बन्धित नयाँ निर्देशन जारी गरेको छ । कम्पनीहरुले आफूले आर्जन गरेको बीमाशुल्क धमाधम खर्च गरेको भन्दै प्राधिकरणले त्यस्तो रकम रिर्जभ फण्ड (जगेडा कोष)मा राख्न निर्देशन दिएको छ । 

हाल केही बीमा कम्पनीहरुले मात्रै यस्तो कोषमा आफ्नो बीमाशुल्क राखे पनि अधिकांशले अटेर गर्दै आएका थिए । बीमितहरुले पाउने बोनस र लाभांशमा कुनै पनि बीमा कम्पनीहरु कमजोर नहुन् भनेर त्यस्तो निर्देशन दिएको प्राधिकरणको भनाई छ । 

Advertisement

सुरुमा बीमा प्राधिकरणले बीमा कम्पनीहरुले आर्जन गरेको शत प्रतिशत रकम संचित गर्नुपर्ने निर्देशन दिएको थियो । हाल त्यस्तो निर्देशनमा परिमार्जन गर्दै क्रमशः ५० प्रतिशत, त्यसपछि ३२ प्रतिशत र हाल आफ्नो खर्च कटौती भएर रहेको रकम रिजर्भ कोषमा राख्नुपर्ने प्रावधान ल्याइएको हो । 

सोही प्रावधान अनुसार बुधबार प्राधिकरणले बीमकहरुलाई आफ्ना अत्यावश्यक भन्दा बाहेकका खर्चहरु रिजर्भ फण्डमा राख्न निर्देशन दिएको छ । 

Advertisement