बुढानीलकण्ठमा आगलागी भएको एमजि जेडएस ईभी चार्जिङका क्रममा विद्युत सर्ट भएर होः एमजि ब्राण्ड

Advertisement

काठमाडौं । एमजि ब्राण्डले बुढानीलकण्ठमा पुस ९ गते राति आगलागी भई जलेर नष्ट भएको एमजि जेडएस ईभी गाडीका सम्वन्धमा गलत सन्देश प्रवाह भएको बताएको छ । 

उक्त ब्राण्डले गाडी चार्जिङका क्रममा विद्युत सर्ट भएर आगलागी भएको भन्दै घट्ना भएको खबरपछि आफ्नो टोली र प्रहरीसमेत गएर घटनाको अवलोकन र अनुसन्धान गरेको बताएको छ । 

Advertisement

ब्राण्डको विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाको सम्बन्धमा जानकारी भएपश्चात तत्काल सोही दिन यस कम्पनीका प्राविधिक कर्मचारी समेतको टोली स्थलगत रुपमा घटनास्थलमा अवलोकन गरी हेर्दा र स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्र व्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रबाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ः०० बजेदेखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार शर्ट भई आगलागी भई पूर्णरुपमा जलेको प्रारम्भिक रुपमा देखिएको÷बुझिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’


एमजीले आफ्ना चार पांग्रे गाडीहरु उच्चतम् प्रविधिको प्रयोग गरी सुरक्षित रुपमा निर्माण गरि विश्वव्यापी रुपमा प्रयोग भइरहेको र यस कम्पनीले नेपालमा आधिकारीक बिक्रेताको रुपमा आयात गरी बिक्रीवितरण गरिरहेको भन्दै आफ्ना सवारी साधनहरुमध्ये बुढानीलकण्ठको देउवाचोकमा आगोलागी भई नष्ट भएको घटनालाई लिएर गलत प्रचार गरिएको बताएको छ । 

Advertisement

Advertisement