चीनमा छात्रवृत्तिमा स्नातकोत्तर अध्ययनका लागि आयोगले माग्यो आवेदन

Advertisement

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अध्ययनका लागि आवेदन माग गरेको छ । 

स्नातकोत्तर तहमा चीन सरकारले दिने छात्रवृत्तिमा अध्ययन गर्न चाहने योग्य विद्यार्थीबाट आयोगले आवेदन माग गरेको हो । 

Advertisement

चीनले शैक्षिक सत्र सन् २०२४/२०२५ का लागि स्नातकोत्तर तहका कार्यक्रममा नेपाली विद्यार्थी छनौट गरी पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेको थियो । 

उक्त छात्रवृत्तिमा योग्यता पुगेका नेपाली उम्मेदवारले यही पुस २५ गतेदेखि माघ २ गते अपरान्ह ४ बजेसम्म अनलाइन आवेदन दिन सक्ने आयोगले जनाएको छ । 
undefined

Advertisement