गतवर्ष सगरमाथामा बेपत्ता मलेसियन आरोहीको आगामी वसन्त ऋतुमा खोजी गरिने

Advertisement

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा गत वर्ष वसन्त ऋतुमा बेपत्ता भएका मलेसियन आरोही मुहम्मद हवारी हाशिमको खोजी अभियान यो वर्ष वसन्त ऋतुमा हुने भएको छ । 

मलेसियन आरोही मुहम्मद हवारी हाशिम सन् २०२३ मे १८ तारिखदेखि बेपत्ता छन् । उनले सन् २०२३ मे १८ तारिखका दिन सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए भने मे २० तारिख क्याम्प–४ (८,०००मिटर) बाट बेपत्ता पायोनियर एडभेन्चर कम्पनीका कार्यकारी निर्देशक निवेश कार्कीले जानकारी दिए । 

Advertisement

हाशिमले मे १८ तारिखका दिन दिउँसो ३ः४० बजे सफलतापूर्वक आरोहण गरेका थिए । सगरमाथा आरोहण गर्ने व्यक्तीको सूचीमा आफूलाई पहिलो श्रवण शक्ती गुमाएका व्यक्तिको रेकर्ड होल्डरको रुपमा समेत स्थापित गर्न सफल भएका छन् । 

३३ वर्षीय आरोही हाशिमको खोजी आगामी वर्षको वसन्त ऋतु (अप्रिल र मे) मा गरिने भएको हो । कम्पनीले सबै एक्स्पडिशन कम्पनीहरुसगँ मिलेर उनको खोजी गर्ने पायोनियर एडभेन्चर कम्पनीका कार्यकारी निर्देशक कार्कीले बताए ।  

Advertisement