दोषी ठहर भएपछि क्रिकेटबाट अलग भएको सन्दीपको घोषणा, क्यानलाई रोकिएको भुक्तानी फुकुवा गरिदिन आग्रह

Advertisement

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले ८ वर्षको कैद सजाय सुनाएको थियो । योसँगै लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका हुन् ।

लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबारै एक पत्र लेख्दै यसबारे जानकारी गराएको बताइएको छ ।

Advertisement

जिल्लाको फैसलाविरुद्ध आफू पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बताएका छन् । ‘अदालतबाट निर्दोष प्रमाणित नहुन्जेलसम्म राष्ट्रिय क्रिकेट टिमबाट म अलग्गिएको छु,’ उनले भनेका छन्, ‘म आशा गर्छु, क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ ।’ 

त्यसैगरी लामिछानेले आफू आर्थिक समस्यामा परेको भन्दै क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिनसमेत आग्रह गरेका छन् ।

Advertisement

Advertisement