स्वास्थ्य बीमा बोर्डले माघे संक्रान्तिबाट सह-भुक्तानी को’ पेमेन्ट प्रणाली लागू गर्ने

Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले यही माघे संक्रान्तिको दिनदेखि सह–भुक्तानी को’ पेमेन्ट प्रणाली कार्यान्वनमा ल्याउने भएको छ । बिहीबार बोर्डले पत्रकार सम्मलेन गरी यससम्वन्धी जानकारी दिएको हो । 

स्वास्थ्य बीमाको महत्व हरेक मानिसमा रहेको भन्दै बोर्डले सबैलाई यसको लाभ लिन अनुरोध पनि गरेको छ । यो भुक्तानी प्रणालीमा दीर्घरोगी भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल प्रत्येक महिना दिइरहेको औषधि तीन महिना अवधिका लागि दिइने छ । 

Advertisement

बोर्डका अध्यक्ष गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवासम्बन्धी कार्यविधि, २०८० परिमार्जनसहित लागू गर्न लागिएको बताए । उनले दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितहरुलाई तीन महिनाका लागि औषधि सुविधा दिँदा विपन्नहरुले विशेष लाभ पाउने दाबी गरे । 

प्रेषण सेवासम्बन्धी कार्यविधिको मुख्य उद्देश्य स्वास्थ्य प्रणालीको सबलीकरण गर्नु रहेको बताइएको छ । त्यसरी नै विद्यमान ऐनहरुमा रहेका समस्याहरुलाई आगामी दिनमा समाधान गर्दै जानुपर्ने भन्दै लोहनीले यो नयाँ कार्यविधि ल्याउनका लागि लामो समयको अध्ययन खर्चिएको, स्वास्थ्य प्रणालीमा रहेका साना ठूला समस्या अन्त्य गर्ने उद्देश्यपरक ढंगबाट कार्यविधि ल्याइएको तथा आगामी दिनमा प्रविधिमैत्री सेवामा समेत प्रवेश गरेर बीमितहरुको विश्वास बढाउँदै जाने बताए । 

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले विगतको तुलनामा स्वास्थ्य बीमाको प्रचार प्रसार राम्रो ढंगबाट बढेको र यसमा आकर्षण समेत बढ्ने क्रममा रहेको बताए । उनले स्वास्थ्य बीमाको वास्तविक महत्व परोपकार र गरिबीसँग जोडिएका नागरिकहरुको स्वास्थ्य समस्यामा आर्थिक सहयोग गर्ने रहेको पनि बताए । 

Advertisement