गभर्नर अधिकारीसँग व्यवसायीको भेट, उद्योगका लागि चाँदी आयात खुल्ला गर्न आग्रह

Advertisement

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले उद्योगहरुका लागि चाँदी आयात खुल्ला गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको प्रतिनिधीमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सँग यस्तो आग्रह गरेको हो । 

महासंघका अध्यक्ष शाक्यले हाल कायम रहेको ब्यवस्थाले उद्योगी ब्यवसायीको लागत बढी पर्न गएको र त्यसले प्रतिष्पर्धी क्षमता घटाएकोले आयातको सीमालाई खुल्ला गर्नुपर्ने खाँचो औंल्याए ।  हाल एक पटकमा ६० हजार डलरसम्मको सीमामा रहेर चाँदी आायत गर्न पाउने ब्यवस्था रहेको छ । 

Advertisement

उनका अनुसार महासंघको प्रतिनिधिमण्डलले खपतका आधारमा चाँदीको आयात खुल्ला गर्न केन्द्रीय बैंकको ध्यानाकर्षण गराएको हो । ब्यवसायीको आग्रहलाई सम्वोधन गर्दै गभर्नर अधिकारीले आफूले ब्यवसायीको मागलाई सकारात्मक रुपमा लिएको बताए । 

त्यसक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम ढुङगाना, बमबहादुर मिश्र तथा महासंघका तर्फवाट उपाध्यक्ष पवनकुमार सोमानी, कार्यवाहक महासचिव किरणभाई बज्राचार्य, प्रवक्ता मनोजकुमार साह लगायतको उपस्थिति रहेको थियो । 

Advertisement