हिमालयन एभरेस्ट इन्स्योरेन्सले लाभांश पारित गर्ने, बुकक्लोज कहिले ?

Advertisement

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बस्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न साधारणसभा बस्न लागेको हो । कम्पनीले माघ २५ गतेका लागि ३०औं वार्षिक साधारण सभा डाकेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको ८.६३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ६.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने गरी प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षका लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्ति बाँकी अवधिका लागि अनुमोदन गर्ने कार्यक्रम छ । साथै, सभाले लेखापरीक्षक नियुक्त पनि गर्नेछ । 

Advertisement

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ १४ गते बुकक्लोज गर्ने भएको छ। माघ ११ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनी वितरित लाभांशको हकदार बन्नेछन् । 

Advertisement

Advertisement