नेपाल पुनर्बिमा कम्पनीको नाफा बढ्यो, कस्तो छ अन्य वित्तीय अवस्था ?

Advertisement

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको निर्जीवन र जीवन बिमा व्यवसायतर्फ खुद नाफा बढेको देखिएको छ । 

आव २०७८/०७९ मा ५६ करोड ५० लाख ४४ हजार रुपियाँ रहेको निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा गत आवको चौथो त्रैमासमा बढेर ९१ करोड २० लाख १६ हजार रुपियाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा जीवन बिमा व्यवसायतर्फ कुल १० करोड ८८ लाख ३४ हजार रुपैयाँ नाफामा कमाएको कम्पनीले गत आवको चौथो त्रैमाससम्म १७ करोड ६६ लाख ४७ हजार रुपियाँ नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

त्यसैगरी गत वर्ष असार मसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ५० करोड ९६ लाख ५० हजार रुपियाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपियाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै गत वर्षको चौथो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट २ अर्ब १ करोड ३० लाख ४७ हजार रुपियाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख रुपियाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपियाँ रहेको छ । गत वर्षको असार मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ४३ करोड ६१ लाख १७ हजार रुपियाँ र जीवन बिमातर्फ ७१ करोड १९ लाख ८४ हजार रुपियाँ जम्मा भएको छ । त्यसैगरी निर्जीवन बिमा कोषको आकार ३ अर्ब ४७ करोड ६९ लाख २९ हजार रुपियाँ रहेको छ । 

चौथो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपियाँ ५९ पैसा रहेको पनि वित्तीय विवरणमा उल्लेख छ । 
समीक्षा अवधिमा नेपाल स्टक एक्स्चेन्ज (नेप्स) मा कम्पनीको कारोबार कुल ६२ दिन भएको छ भने प्रतिसेयर अधिकतम मूल्य ८२० रुपियाँ पुगेको कम्पनीले जनाएको छ ।

undefined

Advertisement

Advertisement