कर्मचारी सञ्चय कोषका ऋणीलाई किस्ता बुझाउन आग्रह, नियमित बुझाए छुटसमेत पाइने

Advertisement

काठमाडौं । कर्मचारी सञ्चय कोषले धितोमा कर्जा लिएका सञ्चयकर्तालाई किस्ता नियमित तिर्न अनुरोध गरेको छ । 

कोषले सूचना जारी कोषका विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी र जग्गा खरिद सापटी लिएका सञ्चयकर्ताले बुझाउनुपर्ने चालू आवको पुस मसान्तसम्मको नियमित किस्ता बुझाउन आग्रह गरेको हो । 

Advertisement

साथै, नियमित त्रैमासिक ब्याज भुक्तानी गर्ने ऋणी सञ्चयकर्तालाई ब्याज छुटको समेत व्यवस्था रहेको कोषले जनाएको छ । 

undefined
 

Advertisement