डिडिसीको निमित्त महानिर्देशकको जिम्मेवारीमा राजेन्द्रप्रसाद अधिकारी

Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ । 

कृषि मन्त्रालयले महाप्रबन्धक सञ्जीव झालाई पुस २५ गतेदेखि लागू हुने गरी मन्त्रालय झिकाएपछि अधिकारीलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निमित्त महाप्रबन्धकको जिम्मेवारी दिएको हो । पुस २६ गतेको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई २७ गतेदेखि लागु हुने गरी सो जिम्मेवारी दिएको हो । 

Advertisement

कृषि मन्त्रालयले निर्माण गर्ने दुग्ध एवं दुग्धजन्य पदार्थसम्बन्धी विषयको नीति तर्जुमा एवं हाल यस विषयमा देखिएको समस्याको समाधानका सम्बन्धमा मन्त्रालयलाई आवश्यक सहायोग गर्न भन्दै महाप्रबन्धक झालाई मन्त्रालय बोलाएको हो । पत्रमा सो कुरा उल्लेख गरे पनि कृषि मन्त्रालयले महाप्रबन्धक झाले सन्तोषजनक काम गर्न नसकेको भन्दै झिकाइएको बताउँदै आएको छ । 

महाप्रबन्धक झा भने आफू मन्त्रालयम हाजिर नहुने बताउँदै आएका छन् । बरु कानुनी उपचार खोज्ने तर मन्त्रालय नजाने उनको अडान छ । 

निमित्त महाप्रबन्धक झाले डिडिसीमा मौज्दातको समस्या रहेको बताउँदै किसानको भुक्तानीका लागि सरकारले सहुलियत ऋणको सहयोग गर्नुपर्ने बताए ।  संकलन भएअनुसार दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई भुक्तानी गर्न केही समस्या भएको र त्यो समाधान गर्न मन्त्रालयले सहयोग गर्नुपर्ने उनको भनाइ छ । 
 

Advertisement