एनएलजी इन्स्योरेन्सद्वारा ५.७८ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं  । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीको आज बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव मनोज श्रेष्ठलेजनाएका छन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।  

Advertisement

Advertisement