इजरायली प्रख्यात ‘भ्लगर’ काठमाडौंमा, नेपालको पर्यटन प्रवर्द्धन हुने आशा

Advertisement

काठमाडौं । प्रख्यात इजरायली ‘भ्लगर’ नुसेर यासिन काठमाडौं आइपुगेका छन् । उनी दुई दिनअघि पयर्टक भिसामा आएको अध्यागमन विभागले जनाएको हो । 

यासिनले आफू काठमाडौं आइपुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिडियो सामाजिक सञ्जालमा राखेका छन् । भिडियोमा उनले ‘केही फरक योजना’ (प्लानिङ समथिङ डिफरेन्स) लेखेका छन् । 

Advertisement

विश्वभर परिचित रहेका यासिनले यस पटकको नेपाल बासाइमा नेपाल बारेमा केही भिडियो बनाउने छन् । यसले नेपालको पर्यटन क्षेत्रमा केही भए पनि टेवा पुग्ने र नेपालमा अझ धेरै विदेशी पर्यटक भित्राउन सहयोग पुग्ने पर्यटन व्यावसायीहरु बताउँछन् । 

नेपालमा यस्ता प्रख्यात व्यक्तिहरु आउनु भनेको नेपालको लागि ठूलो कुरा हो भन्दै उनीहरुले यस्ता व्यक्तिहरुमार्फत नेपालको विश्व बजारमा प्रवर्द्धन हुने बताएका छन् ।  

यासिन इजरायली–प्यालेस्टिनी भ्लगर हुन् । उनलाई विश्वमा नास डेली भनेर पनि चिनिन्छ । सामाजिक सञ्जाल फेसबुकमा २२ करोड फलोअर (अनुयायी) तथा इन्स्टाग्राममा ४४ लाख फलोअर रहेका छन् । साथै, टिकटकमा पनि ठूलो संख्यामा फलोअर छन् । 

Advertisement