कस्ले बनायो गभर्नर अधिकारीको नक्कली ह्वाट्सएप आइडी !

Advertisement

काठमाडौं। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नक्कली ह्वाटसएप आइडी बनाएर दुरुपयोग भएको खुलेको छ। गभर्नर अधिकारीको नाम र फोटो दुरुपयोग भएको भन्दै बैंक बैंकले ध्यानाकर्षण गराएको हो । 

राष्ट्र बैंकले सामाजिक संजाल फेसबुक मार्फत एक सूचना जारी गर्दै गभर्नर अधिकारीको नाम र फोटोको दुरुपयोग भएको बताएको हो ।  

Advertisement

सूचनामा भनिएको छ, 'यस बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी WhatsApp Account बनाएर विभिन्न व्यक्तिसँग संवाद गरेको पाइएकोले यसप्रति सजग रहन सम्बन्धित सबै सरोकारवाला र सर्वसाधारणामा अनुरोध छ ।'

गभर्नर अधिकारीको नाम र फोटो कसले दुरुपयोग गर्यो भन्ने विषयमा थप अनुसन्धान अघि बढेको छ। ९८१४४८६४४९ नम्बरको आइडी नक्कली भएको बैंक स्रोतले जनाएको छ । 

Advertisement

Advertisement