नबिल बैंककाे तीन लाख कित्ता शेयर बिक्रीमा, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

Advertisement

काठमाडौं । नबिल बैंकले तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले दुईजना संस्थापकको नाममा रहेको कुल तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो ।

Advertisement

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । 

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ । 

सो अवधिमा संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा प्रचलित कानुनबमोजिम उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement