रोयल इन्फिल्डद्वारा लेडि बाइर्कस् राईड आयोजना

Advertisement

काठमाडौं । रोयल इन्फिल्डले लेडि बाइर्कस् राईड आयोजना गरेको छ ।

निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड, ‘रोयल इन्फिल्ड’ को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले इन्स्पायर इन्क्लिूजन भन्ने मूल नाराका साथ ‘रोयल इन्फिल्ड लेडि राइड’ कार्यक्रम आयोजन गरेको हो । यस राइडमा २२ वटा विभिन्न मोडलका रोयल इन्फिल्डका मोटरसाइकलमा लेडि बाइकर्स् सहभागी भएका थिए । 

Advertisement

यस कार्यक्रमको मुख्य उद्देश्य रोड सेफ्टी अवारनेशन, प्रोमोटिङ सिस्टमेटिक राइड, वुमन इन्पावरमेन्ट उन्स्पायर इन्क्लिूजन र टु ह्वील राइड टुरिजम  प्रबर्धन गर्नु हो । 

गत शनिबार बिहान ८ः३० बजे रोयल इन्फिल्डको शोरूम टेकुबाट सुरु भएको यो राइड त्रिपुरेश्वर, न्युरोड गेट, जमल, दरबार मार्ग, कमलपोखरी, कालो पुल, गौशाला, चावहिल, बौद्ध, जोरपाटि हुदै ग्राण्ड नोरलिङ रिर्सोट गोकर्णसम्म पुगेको थियो । 

undefinedनोरलिङ रिसोटमा लेडि राइडस् बीच बाइक पुश कम्पिटिसन, रोयल इन्फिल्डका हेल्मेट टावर कम्पिटिसन र म्युजिकल चियर कम्पिटिसन गेम भएको थियो । जसमा बाइक पुश कम्पिटिसनको बिजेता प्रशंसा थापा, रोयल इन्फिल्डका हेल्म्मेट टावर कम्पिटिसनका बिजेता श्रृजना भट्ट र म्युजिकल चियर कम्पिटिसनमा बर्षा कार्की बिजेता बनेका थिए । 

सहभागी एवं विजेतालाई सहभागीताको प्रमाण पत्र र रोयल इन्फिल्डको ग्राफिटी हेल्मेट, रोयल इन्फिल्डको राइडिग पन्जा, पासपोर्ट होल्डर प्रदान गरिएको थियो । 

undefinedundefinedundefined
 

Advertisement