साना उद्योगको क्षमता बढाएर महानिर्देशक गौतमको सुपारी कार्यविधिमा चलखेल

Advertisement

काठमाडौं । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले सुपारीको कोटा वितरण गर्ने कार्यविधिको दुरुपयोग गरेका छन् । साना गुट्खा उद्योगको क्षमता वृद्धि गरी उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ को उनले दुरुपयोग गरेका हुन् । 

उद्योग विभागको महानिर्देशकमा आएपछि सहसचिव गौतमसँग सुपारीको सिफारिस लिन धेरै व्यापारीहरुले प्रस्ताव गरेका थिए । तर, साना उद्योगका लागि धेरै सुपारी सिफारिस गर्न नमिल्ने भएपछि महानिर्देशक गौतमले साना उद्योगको क्षमता वृद्धि गर्ने उपाय निकालेका हुन् । उद्योग मन्त्रालयले सुपारी केराउ मरिच र छोकडा आयात प्रतिबन्ध लगाई नीतिगत भ्रष्टाचार गरेको छ । 

Advertisement

यसैको जगमा टेकेर साना उद्योगलाई समेत सुपारी आयातको कोटा दिन चलखेल भएको हो । स्रोतका अनुसार सुपारीको कोटा सिफारिस दिए वापत महानिर्देशक गौतमको टीमले किलोमै कमिसन लिने गरेका छन् । यदी कमिसन नदिने व्यावसायीलाई भने प्रक्रिया नपुगेको‍ भन्दै झुलाउने गरेका छन् । 

महानिर्देशक गौतमले केराउ आयात सिफारिसमा समेत कमिसनको आस गरेका थिए । तर व्यावसायीले मार्जिन नभएको भन्दै कमिसन दिन अस्वीकार गरेपछि उनी असफल भएका थिए । 

यस्ता छन् क्षमता बढेका ६ उद्योग
औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको २४०औं बैठकमा सदस्य सचिव समेत रहेका गौतमले ६ वटा सुपारी र सुर्तिजन्य उद्योगको क्षमता वृद्धि गरेका थिए । बोर्डले मधु प्रोडक्ट प्राइभेट फर्मको पुँजी तथा क्षमता वृद्धि सम्बन्धमा निर्णय गरेको छ । यो प्रस्ताव बोर्डमा पेश गर्नका लागि मन्त्री रिजालले पुस १९ गते मन्त्रिस्तरको निर्णग गरेका थिए । 

विराटनगर महानगरपालिका वडा नं ४ स्थित पान मसला, गुट्खा, खैनी, स्विट सुपारी उत्पादन गर्ने मधु प्रोडक्ट प्रा।लि।को क्षमता वृद्धि गरिएको हो । उद्योग विभागको तथ्यांक अनुसार कम्पनीको पहिले कुल पुँजी ५० लाख रुपियाँ रहेको थियो । अब सो पुँजीलाई बढाएर चार करोड ५० लाख पुर्याइएको छ। बोर्ड बैठकबाट स्थीर पुँजी एक करोड १० लाख चालु पुँजी दुई करोड ९० लाख थप गरिएको छ । 

कम्पनीलाई पुँजी थप गर्नुपर्ने कारणमा मन्त्रालयले औद्योगिक व्यावसाय ऐनलाई देखाएको छ । यस्तै, लुम्बिनी पान मसला तथा सुर्ति गुड्खा उद्योगको पनि पुँजी र क्षमता वृद्धि भएको छ । कम्पनीको ५० लाख रहेको कुल पुँजीलाई वृद्धि गरेर तनि करोड पुर्याइएको छ जसमा स्थिर पुँजी ३५ लाखबाट बढाएर एक करोड चार लाख पुर्याइएको छ । यस्तै, चालु पुँजी १५ लाखबाट बढाएर एक करोड ९६ लाख पुर्याइएको छ । 

अब यस कम्पनीले गुट्खा सात लाख ५० हजार किलो उत्पादन गर्ने लक्ष्य राखेको छ । यस्तै, सुर्ती तीन लाख ५० किलो र पान मसला पाँच लाख किलो पुगेको छ । 

यसैगरी, बोर्डको तीन नम्बर प्रस्तावमा आईपीए गुड्खा उद्योगको पुँजी तथा क्षमता वृद्धि गर्ने रहेको छ । कम्पनीको एकै पटक चार करोड ९१ लाख रुपियाँ कुल पुँजी वृद्धि गरेको छ । यो उद्योगको यसभन्दा अघि कुल पुँजी आठ लाख २५ हजार मात्रै रहेको थियो । अब कम्पनीले गुट्खा १५ लाख किलो उत्पादन गर्न सक्नेछ । यस्तै, जर्दा छ लाख ४० हजार उत्पादन गर्न सक्नेछ। 

बोर्डको प्रस्ताव नम्बर ४ मा बालाजी उद्योग प्रा।लि। रहेको छ । यो उद्योगको पाँच करोड ३५ लाख पुँजी वृद्धि भएको छ । यो कम्पनीले अब १५० टन गुट्खा उत्पादनको अनुमति पाउने भएको छ । यस्तै, ५० लाख किलो सुर्ति उत्पादन गर्ने अनुमति पाएको छ । यो कम्पनीले तीन सय दिनभित्र उद्योग संचालन गरिसक्नुपर्नेछ । 

बोर्डको निर्णय नम्बर ५ मा गोल्डेन टोवाको इण्डस्ट्रिज प्रा।लि। रहेको छ । यो कम्पनीको नौ करोड ७६ लाख रुपियाँ बराबरको पुँजी वृद्धि भएको छ । यसअघि यो कम्पनीको कुल पुँजी २३ लाख ७० हजार रुपियाँ मात्रै रहेको थियो । 

निर्णय नम्बर ६ मा एएम प्रोडक्सको पनि पुँजी तथा क्षमता वृद्धि रहेको छ । वीरगञ्जको यो उद्योगको पाँच करोड २९ लाख रुपियाँ कुल पुँजी बृद्धि भएको छ ।  

क्षमता वृद्धि भएका गुट्खा उद्योगले अब सुपारी आयात गर्न अनुमति प्राप्त गर्नेछन्। तर यसका लागि भने व्यावसायीले उद्योग मन्त्री समेतको टीमलाई प्रभावमा पार्नु पर्नेछ । विभागको वेवसाइटमै राख्नुपर्ने सुपारी आयात सम्बन्धि कार्याविधी लुकाइएको छ ।

कानुन बमोजिम नै मन्त्रालय तथा विभाग सम्बन्धि ऐन, नियम,निर्देशिका, कार्यविधि सबैको पहुँचमा राख्नुपर्नेछ हुन्छ । तर विभागले भने उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धि कार्यविधि २०७८ लाई लुकाएको हो । सो कार्यविधि सिमित व्यवसायीलाई भने महानिर्देशक गौतमले दिएका छन् । 

पूर्वउद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगका लागि मात्रै दिनेगरी सुपारी मरिच र केराउ वितरण गर्नका लागि कार्याविधि निर्माण गरेका थिए ।

Advertisement

Advertisement