जनप्रतिनिधिको स्वास्थ्य बीमा गर्न ललितपुर महानगरले आह्वान गर्यो इन्स्योरेन्स कम्पनी

Advertisement

काठमाडौं । ललितपुर महानगरले आफ्ना जनप्रतिनिधिको स्वास्थ्य तथा औषधोपचार बिमा गर्न इच्छुक इन्स्योरेन्स कम्पनीलाई आह्वान गरेको छ ।  

एक सूचना जारी गर्दै महानगरले १३७ जना जनप्रतिनिधिको स्वास्थ्य बीमा गर्न आजैका मितिले सात दिनभित्र आर्थिक तथा प्राविध प्रस्ताव पेस गर्न आग्रह गरेको हो । 

Advertisement

बिमित हुने प्रतिनिधिको व्यक्तिगत विवरण तथा बिमालेख समेट्नुपर्ने क्षेत्रको जानकारीका लागि महानगरकाे जिन्सी व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न पनि महानगरले अनुरोध गरेको छ । 

undefined

Advertisement

Advertisement