टिभिएसको एनटर्क एक लाखभन्दा धेरै बिक्री

Advertisement

काठमाडौं । नेपालमा निकै लोकप्रिय बनेको टिभिएस ब्राण्डको एनटर्क स्कुटर एक लाखभन्दा धेरै बिक्री भएको टिभिएसको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जानकारी दिएको छ । 

जगदम्बाले एक लाख ‘माइलस्टोन’ पूरा गर्न सफल भएको भन्दै खुशी प्रकट गरेको छ । अरु स्कुटरहरुको बिक्रीमा शिथिलता आइरहेको बेला टिभिएसको एनटर्क भने उपभोक्तामाझ निकै लोकप्रिय बनेको छ । अहिले सडकमा यो स्कुटरको बाक्लो उपस्थिति देखिन्छ । 

Advertisement

सन् २०१८ मा नेपालमा लन्च भएको एनटर्क पहिलो स्पोर्टी स्मार्ट स्कुटर हो । बलियो र स्टाइलिस लुक तथा स्मार्ट फिचरले गर्दा यो स्कुटरले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको कम्पनीको भनाई छ । 

जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक साहिल अग्रवालले लन्च गरेको छोटो समयमै एक लाखभन्दा धेरै एनटर्क बिक्री हुनु ग्राहकहरुको आफूहरुप्रतिको माया र विश्वास भएको बताए । यो स्कुटर बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ । यसको टिभिएस एनटर्क ड्रम आकर्षक मूल्यको कारण बढी रुचाइएको कम्पनीको भनाई छ । हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ । 

टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधी, भोइस कमान्ड, राइड मोड लगायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन् । नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त स्कुटरहरु उपलब्ध गराउने आफूहरु पहिलो कम्पनी भएको टिभिएसको दावी छ । 

स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको भन्दै टिभिएसले नियमित आयोजना गर्ने राइडहरुमा हुने उल्लेखनीय सहभागिताले एनटर्कको बढ्दो लोकप्रियतालाई पुष्टी गरेको बताएको छ ।

एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकहरुको लागि प्रशस्त छनोटका अवसरहरु प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको भन्दै कम्पनीले एक लाख स्कुटर  बिक्री भएको उपलक्ष्यमा टिभिएस् एनटर्क अहिले तीन हजार ९९९ रुपियाँको मासिक किस्तामा उपलब्ध गराएको जनाएको छ ।

Advertisement