एक बर्षमा टर्कीको अर्थतन्त्रमा टर्किस एयरलाइन्सकोको योगदान ५६ विलियन डलर

Advertisement

काठमाडौं । टर्कीको राष्ट्रिय झण्डावाहक, टर्किस एयरलाइन्सले सन् २०२३ मा देशको अर्थतन्त्रमा ५६ बिलियन अमेरिकी डलर बराबरको योगदान गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार यसबारेमा जानकारी गराए । 

उनले टर्किस एयरलाइन्स टर्कीको सबैभन्दा मूल्यवान ब्राण्ड मात्र नभई देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको बताए । सन् २०२३ को तथ्याङ्कअनुसार टर्किस एयरलाइन्सले टर्कीको अर्थतन्त्रमा ५६ अर्ब डलर योगदान गरेको छ । 

Advertisement

करिव १६ अर्ब डलरको सेवा निर्यात गरेर यस क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाएको छ । कम्पनीको सफलताले पर्यटन क्षेत्रलाई बढावा दिने उनले बताए । 

टर्कीमा भ्रमण गर्ने पर्यटकहरूको संख्या बढाउनमा सबैभन्दा महत्वपूर्ण ड्राइभिङ्ग फोर्सहरूमध्ये एक भएको एर्दोगानको भनाइ छ । आधिकारिक तथ्याङ्क अनुसार सन् २०२३ को पहिलो ११ महिनामा टर्कीमा आउने विदेशी पर्यटकको संख्या पाँच करोड १० लाख पुगेको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement