हिमालयन रि-इन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न बाटो खुला

Advertisement

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडलाई भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीले भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको छ । 

कम्पनीको निवेदन माथि १६ जनवरी २०२४ मा स्वीकृत प्रदान गरेको हो । स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

कम्पनीले केही समय अघि मात्रै सर्वसाधारणमा सार्वजनिक शेयर निष्काशन प्रक्रिया पूरा गरी धितोपत्रको दोश्रो बजारमा कारोबार भइरहेको छ ।

Advertisement

Advertisement