जापानको २०२३ को मुद्रास्फीति ४१ वर्ष यताकै उच्च

Advertisement

काठमाडौं । जापानको मुख्य उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा २०२३ मा ३.१ प्रतिशतले बढेको छ जुन ४१ वर्षमा सबैभन्दा छिटो वृद्धि भएको सरकारले जनाएको छ । 

आन्तरिक मन्त्रालयकाअनुसार ताजा खाद्यान्नको मूल्य बाहेक वर्षको लागि कोर उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२० को एक सयको आधारको तुलनामा १०५.२ मा भाये । यसको वृद्धिको गति २०२२ मा २.३ प्रतिशतले बढेको आन्तरिक मन्त्रालयले जनाएको छ । 

Advertisement

वार्षिक वृद्धि, जुन लगातार दोस्रो वर्ष बैंक अफ जापानको २ प्रतिशत मुद्रास्फीति लक्ष्यभन्दा माथि रह्यो । सन् १९८३ यताकै उच्च स्तर हो । बैंक अफ जापानको मौद्रिक सहजताको उपउत्पादन, येनको तिब्र गिरावटले बढेको उच्च आयात लागतलाई रेखांकित गर्दै, घरायसी उपयोगिता बिलहरू कम गर्न सरकारी अनुदानको बाबजुद यो आएको हो । 

सन् २०२३ मा ८.२ प्रतिशतले खाद्यान्नको मूल्यमा ४८ वर्षमा सबैभन्दा तिब्र वृद्धि भएको थियो । डिसेम्बरमा मात्र कोर सीपीआई अघिल्लो महिनाको तुलनामा २.३ प्रतिशत वृद्धि भाये । नोभेम्बरमा २.५ प्रतिशतबाट सुस्त भयो । तर लगातार २१ औं महिनामा बैंक अफ जापानको २ प्रतिशत मुद्रास्फीति लक्ष्यभन्दा माथि रह्यो । सिन्ह्वा–नान

Advertisement

Advertisement