तस्करीबाट सुन आउन थालेपछि आयातमा भारी गिरावट

Advertisement

काठमाडौं । सुन आयातमा भारी गिरावट आएको छ। चालु वर्षको ६ महिनामा सुन आयातमा गतवर्ष भन्दा झन्दै तेब्बरले कम भएको हो । 

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको पहिलो ६ महिनामा सुन ११ अर्ब ८९ करोडको सुन आयात भएको छ । तर गतवर्षमा यस्तो आयात २९ अर्ब २० करोडको रहेको थियो । 

Advertisement

सुन आयातमा भैरहेको भारी गिरावटप्रति भन्सार विभागले अध्ययन सुरु गरेको छ। विभागका प्रवक्ता पुण्यबिक्रम खड्काले सुन आयातमा कमि आउनु अवैध बाटोबाट सुन आउनु भएको बताए । 

चालु वर्षको आर्थिक ऐनमा सुनको भन्सार महसुल बढाएर १५ प्रतिशत पुर्याइएको छ । महसुल बढाएर सुराकी खर्च पनि बढाइएको छ । 

महसुल बढाउँदा आयात भने झन्डै २ तिहाईले घटेको छ । चालु वर्षमै राष्ट्र बैंकले दैनिक सुन ल्याउन पाउने कोटा १० किलोबाट बढाएर २० किलो बनाएको छ । तर कोटा बढाएपनि आयात भने बढ्न नसकेको हो । 

Advertisement