लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारणसभा, कति प्रतिशत देला सेयरधनीलाई ?

Advertisement

काठमाडौं । एनएलजी इन्स्योरेन्सको साधारणसभा आगामी फागुन ३ गते बस्ने भएको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले १८औं वार्षिक साधारणसभाका लागि सो मिति तय गरेको हो ।  

सभा फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

Advertisement

सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपियाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कुल ५.७९ प्रतिशत लाभांश पारित गर्नेछ ।

बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी २ अर्ब ५० करोड रुपियाँ पुग्ने भएको सोहीअनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ ।

साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आर्थिक वर्ष २०७९र८०को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९र८०को लेखापरीक्षण प्रतिवेदनसहितको सम्पूर्ण वित्तीय विवरणउपर छलफल गरी पारित गर्नेछ । 

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८०र८१का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।

लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २५ गते बुकक्लोज बन्द हुनेछ । नेपाल स्टक एक्सचेन्जमा माघ २४ सम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement