जावलाखेलस्थित एलजी सपि शोरुम स्तरोन्नती गरी पुनः शुभारम्भ

Advertisement

काठमाडौं । चौधरी ग्रुप)को सिजी इलेक्ट्रोनिक्सले ललितपुरको जावलाखेलस्थित एलजीको शोरुम पुनः शुभारम्भ गरेको छ । स्तरोन्नती गरी सञ्चालनमा ल्याइएको यो आधुनिक शोरुमको चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीले उद्घाटन गरेका हुन् । 

शोरुममा एलजीको शोरुममा एलईडी टिभी, वासिङ मेसिन, रेफ्रिजिरेटर, डिसवासर, एयर कण्डिसनर, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनरलगायतका सामग्रीहरु उपलब्ध छन् । ग्राहकले शोरुमका प्रतिनिधिमार्फत विद्युतीय सामग्रीहरुबारे जानकारी लिनसक्नेछन् । 

Advertisement

शोरुम हस्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहने छ । एलजी शोरुम पुनः शुभारम्भको अवसरमा विशेष छुटका साथै निःशुल्क उपहार, शुन्य प्रतिशत किस्ताबन्दी, एक्सचेन्ज अफर तथा लोयल्टी कार्यक्रमको पनि सुविधा प्रदान गरिएको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । 

दक्ष विशेषज्ञबाट एलजीका सामग्रीहरुको लाइभको लाइभ डेमो, पर्सनल एक्सचेन्ज जोन र कुकिङ क्लासको सेवा प्राप्त गर्न सकिने बताउँदै सिजी इलेक्ट्रोनिक्सले एलजीको शोरुमले निःशुल्क डेलिभरी निःशुल्क जडान, प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस सेवा पनि प्रदान गर्दै आएको जनाएको छ ।  

Advertisement

Advertisement