टिसिएल इलेक्ट्रोनिक्सलाई ‘सीईएस–२०२४’मा ४० भन्दा बढी अवार्ड

Advertisement

काठमाडौं । विश्वव्यापी इलेक्ट्रोनिक्स कम्पनी टिसिएल इलेक्ट्रोनिक्सले प्रविधिसम्वन्धी अन्तर्राष्ट्रिय मेला ‘टीईएस २०२४’मा ४० भन्दा धेरै अवार्ड प्राप्त गर्न सफल भएको छ । सो ब्राण्डले यसलाई आफ्नो ‘सानदार सफलता’ भन्दै आफूहरुले विभिन्न उत्पादनहरुमा ती पुरस्कारहरु प्राप्त गरेको जनाएको छ ।

टिसिएलले आफ्नो प्रमुख उपलब्धी ११५ इन्च एलईडी टिभी (क्यूएम८९१जी क्यूडी–मिनि) रहेको, जसलाई २०२३–२४ ग्लोबल टप ब्राण्ड अवार्ड (जीटीबी)मा इनोभेटिभ डिस्प्ले टेक्नोलोजी अवार्ड अफ द एयरको साथ आफ्नो नवीन प्रविधिको लागि मान्यता दिएको बताएको छ । 

Advertisement

एशियन डिजिटल समूह र युरोपेली डिजिटल समूहद्धारा समर्थित यस कार्यक्रमले विश्वव्यापी उपभोक्ता इलेक्ट्रोनिक्स उद्योगमा आफ्नो प्रख्यातीलाई पहिचान गरको भन्दै टिसिएलले उच्चस्तरीय टिभी, स्मार्टफोन, एनएक्सट्रापर ३.० डिस्प्ले प्रविधिसहितको ट्याब्लेट रेनियो एक्स–टू लाइट एआर ग्लासेज र क्यू क्लास साउण्डबारको पनि समारोहमा प्रसंशा गरिएको चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ । नेपालमा टिसिएलका उत्पादनहरु चौधरी समूहले बिक्री गर्दै आएको छ । 

टिसिएलले २०२३–२४ मा ग्लोबल सीई ब्राण्ड्स टप टेन, २०२३–२४ ग्लोबल टिभी टप टेन र २०२३–२४ ग्लोबल सीई ब्राण्ड्स टप फिप्टीको रुपमा पनि चर्चा हासिल गरेको जनाइएको छ । २०२४ इनोभेसन अवार्ड मोवाइल डिभाइस एसेसोरिज सेभेन एप्स कोटीमा टिसिएलको ४० एनएक्सटीपेपर स्मार्टफोनलाई प्रदान गरिएको, जुन उत्कृष्ट दृश्यअनुभव प्रदान गर्दै मानव आँखाका लागि अप्टिमाइज गरिएको संसारको पहिलो स्मार्टफोनको रुपमा मान्यता प्राप्त गरेको चौधरी समूहको विज्ञप्तिमा उल्लेख छ । 

यसबाहेक टिसिएलले अष्ट्रेलिया मिडिया आउटलेटहरुबाट धेरै वेष्ट अफ सीईएस २०२४ अवार्ड प्राप्त गरेको जनाइएको छ । यो इलेक्ट्रोनिक्स ब्राण्ड टेलिभिजन उद्योगमा अग्रणी मानिन्छ । 

Advertisement

Advertisement