सुन प्रतितोला ३ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement