तेह्रथुम पावर कम्पनीको नाफा अकासियो

Advertisement

काठमाडौं । तेह्रथुम पावर कम्पनीको खुद नाफा उल्लेख्य रूपमा बढेको छ । 

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ६४ लाख ६२ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७६.१३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ लाख ६२ हजार रुपियाँ मात्र नाफा कमाएको थियो ।

Advertisement

कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको देखिन्छ । 

चालू आवको ६ महिनामा कम्पनीको विद्युत बिक्री आम्दानी ८.८५ प्रतिशत बढेर ९ करोड १ लाख रुपियाँ पुगेको छ।

त्यसैगरी, कम्पनीको कुल नाफा ११.९१ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा १२.४९ प्रतिशत बढेको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । 

त्यस्तै, नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २.९० रुपियाँले बढेर ३.२३ रुपियाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ६५.२५ रुपियाँ र मूल्य आम्दानी अनुपात १८६.९ गुणा रहेको छ ।

४० करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष १३ करोड ८९ लाख रुपियाँले ऋणात्मक रहेको विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement