राष्ट्रिय बीमा कम्पनीले माग्यो सिइओका लागि दरखास्त

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आवेदन माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिलाई आजका मितिले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनाम उल्लेख छ । 

Advertisement

दरखास्त दिनका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोतर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए आठ वर्ष एवं दुवै क्षेत्रमा भए मामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ । 

Advertisement