उलिङ्ग मोटर्सको आधिकारिक वितरकमा शशिला मोटर्स्, ११ सिट क्षमताको इभी भ्यान सार्वजनिक हुँदै

Advertisement

काठमाडौं । कमर्सियल गाडीहरुको डिलर शशिला मोटर्स् प्रालिले इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडबीच नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ । 

उलिङ्ग मोटर्स होल्डिङ्गसँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको अनुभव रहेको छ । 

Advertisement

उलिङ्ग मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो । 

उक्त सम्झौतामा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्सका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् ।  

undefinedयसैबीच उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ । 

Advertisement