‘सरकारको कमजोरीले आन्तरिक ऋण भार बढ्यो, आउने पुस्तालाई कति भार बोकाउने ?’

Advertisement

ललितपुर । अर्थविद् केशव आचार्यले सरकारको कतिपय कमजोरीको कारण नै आन्तरिक ऋणको दबाब रहेको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघको कार्यक्रममा उनले विदेशी ऋण लिँदा सरकारले बनाएका योजनाहरुको लेखापरीक्षणपछि सोधभर्ना बाफतको रकम फिर्ता आउने भए पनि लिन नसकेको बताए । 

आचार्यले अहिले पनि त्यस्तो ५० अर्ब रुपियाँ बराबरको शोधभर्ना लिन बाँकी भएपनि सरकारले लिन नसकेको उल्लेख गर्दै यो रकम उठाउनसके आन्तरिक ऋण कम हुने बताए । उनले सरकारले लिने विदेशी र आन्तरिक ऋणमा पनि अन्तरसम्बन्ध हुने गरेको बताए । 

Advertisement

आचार्यले भने, ‘सरकारले चालु आर्थिक वर्ष २०८०–८१ मा ऋण लियो । तिर्ने भनेको आउने नेतृत्वले तिर्नुपर्यो । हामीले आउने पुस्तालाई व्यभार थप्ने वा नथप्ने भन्ने छ । नेपालले वैदेशिक ऋण लिएर साँवा ब्याज चुक्ता गर्नुपर्यो भने विदेशी मुद्रामा चुक्ता गर्नुपर्छ । जो विदेशी ऋणी हो, उनीहरुलाई धनी बनाइरहेका हुन्छौं । आन्तरिक ऋण सरकारले लियो भने मुलुकको अर्थतन्त्रमा बस्छ । सरकारको कतिपय कमीकमजोरी गर्दा पनि आन्तरिक ऋणमा भार परेको छ ।’ 

उनले थपे, ‘सोधभर्ना भन्ने हुन्छ । विदेशी सहयोग लिँदा मन्त्रालयहरुले विभिन्न योजना बनाउने त्यसमा ४ महिना भएपछि लेखापरीक्षण गरेर बुझाएपछि त्यो रकम फिर्ता दिन्छ । कर्मचारी चाँडै सरुवा हुने र अरुले टेक्नोलोजी नजान्ने अवस्था छ । सरकारले सजिलो हुने भएका कारण आन्तरिक ऋण लिने गरेका छौं । सरकारले ५० अर्ब रुपियाँ भन्दा बढी सोधभर्ना रकम लिन बाँकी छ । त्यो रकम भएको भए आन्तरिक ऋणको भार कम हुने थियो । सरकारले लिने विदेशी र आन्तरिक ऋणमा पनि अन्तरसम्बन्ध हुन्छ ।’
 

Advertisement

Advertisement