कांग्रेस नेता एवं  पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

Advertisement

काठमाडौँ । नेपाली कांग्रेस नेता एवं  पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ ।

अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतले आलमलगायतका ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

Advertisement

मुद्दा दर्ता भएको करिब ४ वर्ष अदालती प्रक्रियामै रोकिएको उक्त मुद्दामा गत कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि मङ्सिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन ।

सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले गत पुस २९ गते आइतबारका लागि उक्त मुद्दाको पेसी तोकेको थियो । तर उक्त दिन न्यायाधीश अभावका कारण गोला नतानिएपछि स्थगितको सूचीमा राखिएको थियो । 

२०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसुर’मा आलमसहित आलम निकटका ११ जनालाई प्रतिवादी बनाइएको थियो ।

Advertisement

Advertisement