वरुण वेभरेज कर छलि प्रकरण, जेल सजाय पाएका अमित गुप्ता कम्पनीमै कार्यरत, प्रहरी मुकदर्शक

Advertisement

काठमाडौं । उच्च अदालत पाटनले एक वर्ष कैद सजाय सुनाइएका वरुण वेभरेज नेपाल प्रा.लि.का तत्कालिन वित्त प्रमुख अमित अग्रवाल भारतको वरुण वेभरेज लिमिटेड इण्डियामा कार्यरत रहेको भेटिएको छ । 

कर छलिसम्वन्धी मुद्दामा कर कार्यालयले निर्धारण गरेको करमा भारी छुट दिएर उच्च अदालत पाटनले विवादास्पद फैसला गरेपछि यो अहिले बहस र आलोचनाको विषय बनेको छ । एकै प्रकृतिको मुद्दामा भाटभटेनी सुपरस्टोरलाई भने कर कार्यालयले निर्धारण गरेअनुसार नै सतप्रतिशत कर, जरिवाना र ब्याज अशुल्न सर्वोच्च अदालतले हालै फैसला गरेको छ । 

Advertisement

कर छली हुँदाको समयमा बरुण वेभरज नेपालमा वित्त प्रमुख रहेका उनलाई जेल सजाय सुनाइए पनि पक्राउ गर्न प्रहरीले उदासिनता देखाउँदै आएको छ । बहुर्राष्ट्रिय कम्पनीले दोषी ठहर भएको व्यक्तिलाई कारवाही गर्नुको सट्टा पुरस्कृत गर्दै भारतीय वरुण वेभरेजको वित्त प्रमुखको रुपमा नियुक्त गरेको पठाएको थियो । गुप्ता भारतमा कार्यरत रहेको कम्पनीको वेभसाइटमा देख्न सकिन्छ । 

गुप्ता २०७५ फागुन ११ गते राजश्व अनुसन्धान विभागले कम्पनीमा छापा मारेपछि राजीनामा बुझाएर भारत भागेका थिए । कम्पनीको मुद्दामा उच्च अदालत पाटनले फैसला गर्दै २७ करोड १३ लाख रुपियाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाएको छ।

नेपाली जेलमा हुनुपर्ने गुप्तालाई कम्पनीले मिलेमतोमा भगाएर आर्थिक जिम्मेवारीमै राखेको हो । उनलाई कुटनीतिक पहल तथा ‘रेड कर्नर नोटिस’मार्फत नेपाल झिकाएर सजाय भुक्तान गराउनुपर्नेमा अहिलेसम्म गरिएको छैन् । गुप्तालाई कम्पनीको तत्कालिन सञ्चालक समितिले भगाएको विभागले आरोप लगाएको छ । 

गुप्ताले झुटा तथा नक्कली बिल खरिद गर्न २९ वटा कम्पनी खडा गरी राजश्व छलि गर्ने काम गरेका थिए । उनले २९ फर्मबाट ७१ करोड बराबरको नक्कली बिजक खरीद गरेका थिए । 

Advertisement

Advertisement