सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा ११७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा ११७ प्रतिशतले बढेको छ । बढेपछिको नाफा ३६ करोड ९ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपियाँ नाफा गरेको थियो । 

त्यसैगरी, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । समीक्षा अवधिमा यस्तो बीमाशुल्क १६४ प्रतिशत बढेर ७९ करोड २५ लाख रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ३० करोड १ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Advertisement

कम्पनीको खुद दाबी भुक्तानी ४६ करोड ६ लाख रुपियाँ गरेको छ भने पुनर्बीमामार्फत ७१ करोड ५२ लाख रुपियाँ खर्च गरेको छ । त्यस्तै, अभिकर्ता कमिसनमा भने १ करोड ३९ लाख रुपियाँ खर्च गरेको छ । 

२ अर्ब ८० करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको शेयर प्रिमियम ४ लाख ७५ हजार रुपियाँ, महाविपत्ति कोषमा १७ करोड ५९ लाख रुपियाँ, जगेडा कोषमा ७६ करोड ८८ लाख रुपियाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ७४ लाख रुपियाँ छ ।

Advertisement