ट्याक्सीमाण्डुमा अब बाइक सेवा पनि थप

Advertisement

काठमाडौं । विगत लामो समयदेखि राइड सेयरिङ एपमार्फत ट्याक्सी सेवा दिँदै आएको ट्याक्सीमाण्डुले अब बाइक सेवा पनि थप गरेको छ । प्रारम्भ भएको ४ वर्षपछि ट्याक्सीमाण्डुले बाइक सेवा थपेको हो । 

बाइक सेवा शुरु गरेपछि राइडर तथा प्यासेन्जरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको ट्याक्सीमाण्डुका सिइओ अर्जुन केसीले बताए । बाइक सेवा पनि थप्न ट्याक्सीमाण्डुलाई लामो समयदेखि माग भइरहेको केसीको भनाइ छ।

Advertisement

बाइक सेवा लिन चाहनेहरुलाई कम्पनीले आफै आफ्नो भाडा तोक्न मिल्ने सुविधा दिएको र सेवाग्राहीले आफू जाने गन्तव्यको आफैंले उचित मूल्यमा भाडादर निर्धारित गर्न सक्ने केसीले जानकारी दिए । ट्याक्सीमाण्डुले राइडर र प्यासेन्जरको बीमाको व्यवस्था पनि मिलाएको छ ।

अहिले राइडहरुले बिना शूल्क ट्याक्सीमाण्डुमा दर्ता हुने अवसर पाउने छन् । त्यस्तै हाललाई सेवावापत कुनै पनि कमिशन नराखको र पछि एकदम कम कमिशन राखिने सिइयो केसीले बता ए। ट्याक्सीमाण्डुले अन्य कम्पनीहरुको तुलनामा निकै कम कमिशन लिने केसीले बताउर्दै कम्पनीले बढीमा १० प्रतिशतमात्रै कमिशन लिने छ । 

एपमा परिमार्जित गरेर केही थप फिचर्स पनि राखिएका छन् । जसमध्ये ‘इन एप कलिङ’ फिचर पनि एक हो। यो फिचरमार्फत चालक तथा प्यासेन्जरले भ्वाइस वा च्याटबाट एकअर्कामा सम्पर्क गर्न सक्नेछन्। यो फिचरका कारण अब चालक र प्यासेन्जरले एक अर्कालाई फोन गरिराख्नु पर्दैन ।

चालक र प्यासेन्जरलाई सुविधा दिने क्रममा ट्याक्सीमाण्डुले स्वास्थ्य सेवामा पनि ध्यान दिएको र ट्याक्सीमाण्डु एप प्रयोग गर्नेहरुले एप देखाएकै आधारमा सुमेरु अस्पतालमा १५ प्रतिशत छुट पाउने सिइओ केसीले जनाएको छ । यसमा राइडर्सका परिवारले पनि १० प्रतिशत छुट पाउनेछन्। यो सुविधा देशका अन्य शहरहरुमा पनि क्रमशः विस्तार गर्दै लगिने र सरकारले केही दिन अघिमात्रै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको कम्पनीले जनाएको छ । 

औद्योगिक व्यवसाय ऐन, २०७६ मा संशोधन गर्दै सरकारले राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएको हो । राइडर दर्ता गर्न अहिले कुनै शुल्क नलाग्ने र कम्पनीलाई कुनै कमिशन पनि तिर्न नपर्ने केसीले बताए । 
 

Advertisement