बोटलर्स नेपाल १५ करोड नोक्सानमा, ईपीएस र पीई पनि ऋणात्मक

Advertisement

काठमाण्डौ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बोटलर्स नेपाल (बालाजु) ऋणात्मक देखिएको छ । समीक्षा अवधिमा कम्पनी १५ करोड १५ लाख रुपियाँ नोक्सानमा रहेको छ । गत आवको सोही अवधिमा भने कम्पनी २९ करोड २१ लाख रुपियाँ नाफामा थियो । 

पुस मसान्तसम्म कम्पनीले बिक्रीमार्फत ४ अर्ब ५८ करोड रुपियाँ आर्जन गरेको छ । यो अघिल्लो आव सोही अवधिको तुलनामा ११.८२ प्रतिशतले कम हो । 

Advertisement

त्यसैगरी, कम्पनीको अन्य आम्दानी १ करोड ५६ लाख रुपियाँ र वित्त आम्दानी १४ लाख ३८ हजार रुपियाँ छ भने बिक्री तथा वितरण खर्च ७२ करोड ६२ लाख रुपियाँले ऋणात्मक र प्रशासनिक खर्च पनि ३८ करोड ६ लाख रुपियाँले ऋणात्मक छ । 

समीक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ५.८९ प्रतिशतले बढेर ५ अर्ब ५२ करोड रुपियाँ कायम भएको छ । त्यस्तै, चालू सम्पत्ति ७ अर्ब २१ करोड र कुल चालू दायित्व ७ अर्ब २७ करोड रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।   

समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) १४९ रुपियाँ ऋणात्मक, प्रतिशेयर नेटवर्थ ३ हजार १२० रुपियाँ र मूल्य आम्दानी अनुपात ४२ गुणा ऋणात्मक छ ।    
 

Advertisement