रिडी पावरले ५० प्रतिशत हकप्रद शेयर जारी गर्दै, कहिलेदेखि आवेदन दिन सकिन्छ ?

Advertisement

काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले यही फागुन १८ गतेदेखि १ः ०.५० अनुपातमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपियाँबराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । 

हकप्रद प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुक क्लोज गरिसकेको छ । माघ २१ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद शेयर दाबी गर्न पाउनेछन् भने लगानीकर्ताले चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

Advertisement

हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

कम्पनीको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफी जलविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपियाँ रहेको छ । 

Advertisement

Advertisement