सेरेसको थ्रीएस सुविधासहितको शोरुम बुटबलको कालीका नगरमा

Advertisement

काठमाडौं । बुटबलको कालीका नगरमा विद्युतीय सवारी साधनको ब्रान्ड सेरेसले आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले बृटबलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । 

नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इएम मोटर्ससँग साझेदारी गरेको हो ।

Advertisement

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष  हरीप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेशहेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमिरे  लगाएतले सोरुमको  उदघाटन गरेका थिए । 

रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको  भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय  हुने बिश्वास ब्यक्त गरे  । शोरुम उद्घाटनको अवसरमा एक जना  ग्राहकलाई  इएम  मोटर्सले सेरेस थ्रि इभी गाडी हस्तान्तरण गरेको छ । 

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँछ । सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९,९९,०००।– र ५२,९९,०००। बाट सुरु हुन्छ ।

सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छन् । लो ट्रिम १८० किमी बेस अप्सन, मिड ट्रिम १८० किमी फुल अप्सन, र टप ट्रिम २२० किमी फुल अप्सन, जसको मूल्य क्रमशः रु १३,९९,०००।– रु १६,४९,०००।– र रु १७,९९,०००।– रहेको छ ।
 

Advertisement