जीवन बीमाशुल्क बढ्दा निर्जीवन बीमाशुल्कमा गिरावट, ०.५७ प्रतिशत घटे कर्मचारी

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा जीवन बीमा कम्पनीहरुले बीमा शुल्क बढाएका छन् भने निर्जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क घटेको छ । 

हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी, ३ लघु जीवन बीमा कम्पनी र ३ लघु निर्जीवन बीमा सञ्चालनमा रहेका छन् । 

Advertisement

नेपाल बीमा प्राधिरकणका अनुसार चालु आर्थिक आर्थिक वर्षमा कूल जीवन बीमा शुल्क ४.२४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा शुल्क २.६० प्रतिशतले घटेको हो । 

जीवन बीमा कम्पनीहरुले चालु आवको माघ मसान्तसम्म अर्थात सात महिनामा ८६ अर्ब ९२ करोड बीमा शुल्क आर्जन गरेका छन् भने गत आवको समीक्षा अवधिमा ८३ अर्ब ३९ करोड आर्जन गरेका थिए । 

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले चालु आवको ७ महिनामा २२ अर्ब ४६ करोड बीमा शुल्क आर्जन गरेका छन् भने गत आवको समीक्षा अवधिमा २३ अर्ब ६ करोड बीमा शुल्क आर्जन गरेका थिए । 

निर्जीवन बीमा कम्पनीले आर्जन गरे २२ अर्ब ३९ करोड बीमा शुल्क, कुनको कति ? (सूचीसहित)

जीवन र निर्जीवन दुबै कम्पनीहरुले आर्जन गरेको कूल बीमा शुल्क भने २.७५ प्रतिशतले बढेको छ । गत आवमा १ खर्ब ६ अर्ब बीमा शुल्क संकलन भएको थियो भने चालु आवको समीक्षा अवधिमा १ खर्ब ९ अर्ब बीमा शुल्क संकलन भएको छ । 

प्राधिकरणका अनुसार जीवन बीमालेख संख्या ३.२७ प्रतिशतले घटेको छ । त्यस्तै कूल निर्जीवन बीमालेख संख्या ४.०८ प्रतिशतले बढेको छ । 

तीन निर्जीवन लघुबीमा कम्पनीले आर्जन गरे ७ करोड पाँच लाख बीमा शुल्क, कुनले कति ?

त्यस्तै कम्पनीहरुले कर्मचारी संख्या ०.५७ प्रतिशतले घटाएका छन् । गत आवको सात महिनाको अवधिमा ११ हजार ५ सय ३८ कर्मचारी कार्यरत रहेकोमा चालु आवको समीक्षा अवधिमा ११ हजार ४ सय ७२ जना कर्मचारीमात्रै कार्यरत रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।   

undefined

Advertisement