सुनको मूल्य प्रतितोला २ सय रुपियाँ बढ्यो, चाँदीको स्थिर

Advertisement

काठमाडौं । बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ३ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement