सन नेपाल लाइफले लाभांश र हकप्रद निष्कासनको प्रस्तावसहित डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश र हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा डाकेको छ । 

सभा आगामी जेठ ९ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान १० बजेदेखि सुरु हुनेछ । सातौ वार्षिक साधारण सभा आउदो जेठ ९ गते बुधबार बस्ने भएको छ ।

Advertisement

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको चुक्ता पुँजी तीन अर्ब २० करोड रुपियाँको २३.८० प्रतिशत बोनश शेयर र १.२५२६ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले बोनस शेयर वितरणपश्चात् कायम चुक्ता पुँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने एजेन्डा रहेको छ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बुक क्लोज गर्ने भएको छ । अतः वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Advertisement

Advertisement