बीमा व्यवसायः बीमालेख र बीमा शुल्क दुबैमा बाग्मती अगाडि, कुन प्रदेशमा कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको चालु आर्थिक वर्षको माघ महिनासम्म कूल १ करोड ३७ लाख ९४ हजार १ सय ३७ वटा बीमालेख सक्रिय रहेको छ । 

त्यस्तै निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुले १७ लाख २ हजार ९ सय ८७ वटा बीमालेख जारी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

यसैक्रममा कोशी प्रदेशमा ११ लाख ६५ हजार ७ सय ८०, मधेसमा ५ लाख ५४ हजार १ सय ९०, बाग्मतीमा ९७ लाख ९४ हजार २ सय ७९, गण्डकीमा ५ लाख ९२ हजार १ सय ५६, लुम्बिनीमा ९ लाख ६२ हजार ३ सय १०, कर्णालीमा २ लाख २० हजार ७ सय ५२ र सुदूरपश्चिममा ५ लाख ४ हजार ६ सय ७० वटा जीवन बीमालेख सक्रिय रहेका छन् ।

जीवनतर्फ आव २०८०/८१ को माघ महिनामासम्म ८६ अर्ब ९२ करोड ३१ लाख रुपियाँ जीवन बीमा शुल्क आर्जन भएको छ । कोशीबाट १० अर्ब ४४ करोड, मधेसबाट ७ अर्ब ६८ करोड, बाग्मतीबाट ३८ अर्ब ८६ करोड, गण्डकीबाट ८ अर्ब ८७ करोड, लुम्बिनीबाट १३ अर्ब ४४ करोड, कर्णालीबाट २ अर्ब ३९ करोड र सुदूरपश्चिमबाट ५ अर्ब २० करोड बीमा शुल्क आर्जन भएको छ । 

undefinedयता, कोशीमा २ लाख १२ हजार ८ सय ४, मधेसमा १ लाख ६५ हजार ६ सय ८२, बाग्मतीमा ७ लाख ५८ हजार ७ सय ७५, गण्डकीमा १ लाख ७७ हजार ४ सय ९३, लुम्बिनीमा २ लाख ७० हजार ८७, कर्णालीमा २९ हजार ५ सय ७ र सुदूरपश्चिममा ८८ हजार ६ सय ३९ वटा निर्जीवन बीमालेख जारी भएको बीमा प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । 

निर्जीवनतर्फ चालु आवको सात महिना अर्थात माघ महिनासम्म कूल २२ अर्ब ४६ करोड बीमा शुल्क संकलन भएको छ । त्यसमध्ये कोशी प्रदेशबाट १ अर्ब ९९ करोड, मधेसबाट १ अर्ब ५२ करोड, बाग्मतीबाट १४ अर्ब ७३ करोड, गण्डकीबाट १ अर्ब २९ करोड, लुम्बिनीबाट २ अर्ब ९ करोड, कर्णालीबाट २२ करोड ४५ लाख र सुदूरपश्चिमबाट ६० करोड ६९ लाख कूल बीमा शुल्क आर्जन भएको बीमा प्राधिकरणले जनाएको छ ।

निर्जीवन बीमा कम्पनीले आर्जन गरे २२ अर्ब ३९ करोड बीमा शुल्क, कुनको कति ? (सूचीसहित)

undefinedनेपाली बीमा बजारमा हाल १४ जीवन बीमा कम्पनी, ३ लघु जीवन बीमा कम्पनी, १४ निर्जीवन बीमा कम्पनी र ३ लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । 

तीन निर्जीवन लघुबीमा कम्पनीले आर्जन गरे ७ करोड पाँच लाख बीमा शुल्क, कुनले कति ?

Advertisement