आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका कारण दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । त्यस्तै, बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । 

Advertisement

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी राति, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी भोलि अर्थात् शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ । साथै, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेश सहित गण्डकी प्रदेशका तराई भू(भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू(भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ । 

Advertisement

Advertisement