भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा समूहको कति होला सम्पत्ति ?

Advertisement

काठमाडौं । भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुप अफ कम्पनीको कुल सम्पत्ति ३६५ अर्ब डलर पुगेको छ। भारतकै शक्तिशाली व्यापारिक समूह टाटाको सम्पत्ति नेपाल, पाकिस्तानलगायतका मुलुकहरुको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा धेरै रहेको छ ।  

गएको फेब्रुअरीमा भएको टाटाको सम्पत्तिको बजार पुँजीकरण गर्दा करिव ३६५ अर्ब पुगेको छ । भारतमा मुकेश अम्बानी, गौतम अडानी विश्वकै धनी व्यक्तिको रुपमा पछिल्लो समयमा धेरै चर्चा हुने गरे पनि टाटा समूहको सम्पत्तिको भने खासै चर्चा हुँदैन् । 

Advertisement

टाटा समूहका प्रमुख रतन टाटा धनी मात्रै नभएर विश्वमा सामाजिक र परोपकारी कार्यमा बढी योगदान गर्ने व्यक्तिको रुपमा समेत चिनिन्छन् । उनले कमाईको ठूलो हिस्सा यस्तो कार्यमा खर्च गर्ने तथा दान गर्ने काम गर्दै आएका छन् । 

चियादेखि ज्यागुअर ल्यान्डरोभर कारसम्म र नुन बनाउनेदेखि विमान उडाउने तथा तारे होटल सञ्चालनसम्म टाटाको लगानी छ । टाटा कन्सल्टेन्सी सर्भिसेजको मात्रै सम्पत्ति १७० अर्ब अमेरिकी डलर बराबर रहेको छ । यो कम्पनी भारतको दोस्रो ठूलो कम्पनी हो । 

डेढ सय बर्ष लामो व्यापारिक इतिहास बोकेको टाटा समूहका संस्थापक दोराबजी टाटाले सन् १८६८ मा हालेका थिए । यसअन्तर्गत अहिले १० विधामा ३० कम्पनी रहेका छन् भने विश्वका एकसयभन्दा धेरै मुलुकमा सेवा दिँदै आएको छ । 

भारतमा ब्रिटिश शासन भएको बेला १९औँ शताब्दीको अन्त्यतिर जमशेदजी टाटालाई बम्बईस्थित एउटा महँगो होटेलमा ब्रिटिशहरुले प्रवेश नदिइएपछि त्यसैको ईख लिएर उनले त्योभन्दा पनि भव्य होटल बनाउने अठोट गरेको बीबीसीले इतिहास उल्लेख गरेको छ । 

Advertisement

Advertisement