सत्ता गठवन्धन फेरिँदाको प्रभाव, शेयर बजारमा सर्किट

Advertisement

काठमाडौं । सत्ता गठबन्धन फेरिने निश्चित भएसँगै शेयर बजारमा त्यसको प्रभाव देखिएको छ । कारोबार सुरु हुनासाथै शेयर बजारमा सर्किट ब्रेक लागेको छ । 

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो ।

Advertisement

कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

Advertisement

Advertisement