आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा हेमराज ढकाल चयन

Advertisement

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल चयन भएको छ ।

हिजो सम्पन्न २६औं साधारण सभाबाट संस्थापक समूहतर्फ सञ्चालक निर्वाचित ढकाललाई हिजै बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो ।

Advertisement

त्यस्तै सञ्चालकहरुमा संस्थापकतर्फ विशाल अग्रवाल, कृति दिवडेवाल र अम्बिकाप्रसाद पौडेल, सर्वसाधारणतर्फ राजेन्द्रसिंह भण्डारी, अमित अग्रवाल निर्वाचित भएका छन् भने स्वतन्त्र सञ्चालकमा कृष्णप्रसाद शर्मा चयन भएको कम्पनी सचिव उमा जोशीले जनाएकी छिन् ।   

null
 

Advertisement