गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार नाघ्यो
फाइल तस्बिर ।

Advertisement

एजेन्सी । जारी इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३० हजार ६३१ पुगेको छ ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाले ९७ जनाको ज्यान लिनुका साथै १२३ जनालाई घाइते बनाएको र यसबाट कुल मृत्यु हुनेको संख्या ३० हजार ६३१ पुगेको छ । त्यस्तै, घाइतेको संख्या ७२ हजार ४३ पुगेको पनि मन्त्रालयले जनाएको छ । 

Advertisement

बमबारी र नागरिक सुरक्षा र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको बताइएको छ । 

प्यालेस्टाइनी विदेश मन्त्रालयले द्वन्द्वको निरन्तरताका कारण तटीय एन्क्लेभमा मानवीय संकट गहिरिँदै गएको चेतावनी दिएको छ ।

Advertisement