तीनवटा संसदीय समितिको बैठक बस्दै

Advertisement

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । 

संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

Advertisement

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित दफाहरूका सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा राज्यको तहगत संरचनामा समन्वय र सबलीकरण राजनीतिक, वित्तिय तथा प्रशासनिक संघीयता, समितिले संघीयता सबलीकरणको लागि गर्नुपर्ने थप कार्यहरूबारे छलफल हुने सविवालयले जनाएको छ ।  

त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसूची रहेको छ । 

Advertisement

Advertisement